तिलाेत्तमा नगरपालिकाले दैनिक ज्यालादारी गर्नेकाे घरमै चामल र नुन पुर्‍याउने

बुटवल — तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुलाइ राहत प्रदान गर्ने भएको छ। लकडाउनका कारण ज्याला मजदुरी रोकीएर समस्यामा परेका अति विपन्न मजदुर परिवारलाइ राहत स्वरुप दाल चामल र नुन उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

 आज बिहान बसेको नगरपालिकाको सचिवालय बैठकले पहिलो चरणमा दश किलो चामल,दुइ किलो दाल र एक पोका नुन उपलब्ध गराउने निर्णय गरेको हो। नगरका १७ वटै वडामा वडा अध्यक्षको सिफासिरमा  एउटा मजदुर परिवारलाई दश किलो चामल,दुइ किलो दाल र एक पोका नुन उपलब्ध गराइने नगरप्रमुख बाशुदेव घिमिरेले बताए। नगरभित्रका अति विपन्न तथा ज्याला मजदुरी गर्ने करिब ८ सय परिवारको बिबरण वडाहरुले संकलन गरेका छन।

वडा अध्यक्षहरुकै सिफारिसमा ती परिवारकालागि दाल चामल र नुनको व्यवस्थापन गरी घरमै राहत पुर्याउने व्यवस्था मिलाइएको नगर प्रमुख घिमिरेले जानकारी दिए। 

 लकडाउनकै कारण कोही पनि नगरबासीलाइ भोकै बस्नु नपर्ने व्यवस्था मिलाउन पहिलो चरणमा गरिब बिपन्न तथा मजदुर परिवारलाइ राहत प्रदान गर्न लागेको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले बताइन। नगरभित्र अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिनेतर्फ पनि नगरपालिकाले विशेष ध्यान दिइएको उनले बताइन।उद्योग,प्रतिष्ठान,व्यवसाय तथा निर्माण कम्पनी तथा मजदुर बर्गलाइ काममा लगाउने व्यक्तिहरुले आफना कर्मचारी तथा श्रमीकप्रति संकटका बेला गैरजिम्मेबार नहुँन समेत आग्रह गरेको छ।

यसैबिच नगरपालिकाले भारतसहित अन्य मुलुकबाट हालै नेपाल भित्रेकाहरुलाइ राख्न क्वारेन्टाइन निर्माण गरेको छ। नगरपालिकाले शंकरनगरको दुर्गादत्त माविको भवनमा २५ बेडको क्वारेन्टाइन तयार गरेको छ। सो क्वारेन्टाइनमा अहिले भारतबाट आएका दुइ जना छन। लकडाउनको बेवास्ता गर्दै भारतका बिभिन्न क्षेत्रबाट बुधबार र बिहीबार नेपाल आएकाहरुलाइ पनि सोही क्वरोन्टाइनमा राख्ने तयारी भइरकेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए। 





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार २२:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया