अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता, कोरोना भाइरस प्रभाव सम्बन्धमा कुराकानी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच कोरोना भाइरसले संसारभर पारेको प्रभाव सम्बन्धमा कुराकानी भएको बुझिएको छ ।

अमेरिकी समयअनुसार बिहीबार बेलुका दुई राष्ट्रपतिबीच फोन वार्ता भएको हो । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका थिए । सीसँगको टेलिफोन वार्तापछि ट्रम्पले बोली फेरेका छन् ।

राष्ट्रपति ट्रम्प र समकक्षी सीबीच कोरोना भाइरस महामारीलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारे कुराकानी भएको बताइएको छ ।

‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ,' वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्, 'हामी एक–अर्कासँग नजिक रही काम गर्नेछौं, उच्च सम्मान छ ।'

चिनियाँ राष्ट्रपति सीले भने कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका थिए ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १३:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया