अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेटे माधव नेपालले
फाइल तस्वीर ।

त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार अस्पताल पुगेका छन् । 

नेता नेपालले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको बताए ।

मुटुको चाल केही बढेपछि बिहीबार राति ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । 

‘उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ,’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै नेपालले भने, ‘सम्भवतः आजै साँझसम्म उहाँलाई डिस्चार्ज गरिन्छ ।’ 

प्रधानमन्त्री ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणको एक महिनासम्म्म संक्रमणको उच्च जोखिम हुने भन्दै चिकित्सकले प्रधानमन्त्री ओलीलाई आराम गर्न सुझाब दिँदै आएका छन् । तैपनि प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटारमै पनि भेटघाट र बैठकहरूमा सक्रिय हुँदै आएका थिए ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १६:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया