गरिब परिवारलाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन ज्येष्ठ नागरिकहरुको माग

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, प्रा.डा. त्रिरत्न मानन्धरलगायत जेष्ठ नागरिकले गरिब जनतालाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन माग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण ज्यालादारी गरेर छाक टार्न समस्या परेको भन्दै उनीहरुले हातमुख जोर्न समस्या परेकाहरुलाई यस्तो राहत प्याकेज दिन माग गरेका हुन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, प्रा. डा. त्रिरत्न मानन्धरलगायतले शुक्रबार जारी गरेको संयुक्त वक्तव्यमा आपत्कालीन राहत घर–घरमा पुर्‍याउन माग गरिएको छ । साथै सहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन उनीहरुले उपाय सुझाएक छन् । 

स्थानीय तह, समुदाय र गुठीहरुको संयोजनमा जनता भान्साघर सञ्चालन गरी दुईछाक खाने प्रबन्ध मिलाउन ज्येष्ठ नागरिकहरुको आग्रह छ । 

यनीहरुले किसानका लागि आवश्यक राहत प्याकेज तयारी हालतमा राख्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एक वर्षको बनाउन, स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नसमेत माग गरेका छन् ।
 





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १७:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया