घरायसी विद्युत् प्रयोगकर्ताले चैत महिनामा २० प्रतिशत छुट पाउने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले घरायसी प्रयोगकर्ताले विद्युत्को चैत महिनाको शुल्कमा २० प्रतिशत छुट पाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने भएको छ । 

३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म चैत महिनाको विद्युत् शुल्कमा छुट पाउने भएका हुन् । ऊर्जा, जलस्रोते तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण सन्चालक समिति बैठकले मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव पठाउने निर्णय गरेको हो । 

कोरोना भाइरस ९कोभिड(१९० को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको हो । 

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत महसुलमा छुट गर्न लागिएको बताइएको छ । 

नेपालमा मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले एक सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १८:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया