भारतमा एक जनाबाट ७० हजारमा कोरोना फैलिएको आशंका

एजेन्सी– भारतीय अधिकारीहरुले देशको उत्तरी प्रान्त पन्जाबमा कम्तिमा पनि ४० हजार मानिसहरुलाई घरमा नै बस्न अनुरोध गरेका छन् । उनीहरुले २० गाउँका व्यक्तिहरुलाई घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन् । 

र, यसको कारण एकजना व्यक्तिबाट उनीहरुलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । 

७० वर्षका यी व्यक्तिको कोरोना भाइरस संक्रमणबाट निधन भइसकेको छ ।

यी मान्छेले यसअघि सेल्फ क्वारेन्टाइनको अनुरोधलाई अस्वीकार गरेका थिए । उनी केही दिनअघि इटालीबाट फर्किएका थिए । इटाली र जर्मन्ी घुमेर फर्किएका यी एक व्यक्तिका कारण त्यहाँको ७० हजार मानिसलाई समस्या हुनसक्ने भएकाले सेल्फ आइसोलेसनमा बस्न अधिकारीहरुले अनुरोध गरेको पन्जाबका अरविन्द छाब्राले बिबिसीलाई बताएका छन् ।

अहिले भारतमा ६४० जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ भने यीमध्ये ३० जना पन्जाबका मात्र छन् । 

तर, विज्ञहरुले भारतमा कोरोना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान गरेका छन् । अहिले भारतमा कोरोना परीक्षण विश्वकै सबैभन्दा कम भएको बताइएको छ ।



पन्जाबका यी व्यक्ति, बलदेव सिंह, ले शिख पर्वह होला मोहल्लाका क्रममा हजारौँ मानिसहरुलाई भेट गरेको मानिएको छ । यो पर्व ६ दिनसम्म चल्ने पर्व थियो जहाँ प्रत्येक दिन कम्तिमा पनि १० हजार मानिस उपस्थित हुन्थे ।

उनको मृत्यु भएको एक सातामा उनका १९ नातेदारहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।



‘अहिलेसम्म हामीले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ५५० जनालाई परीक्षण गर्न पाएका छौँ,’ त्यहाँका अधिकारीले बताएका छन्, ‘कम्तिमा पनि १५ जिल्लाका मानिसहरुलाई हामीले सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौँ ।’ 

यी ठाउँहरुको सीमामा पर्ने अन्य पाँच गाउँहरु पनि सीलबन्दी गरिएको छ । 

  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १८:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया