धनगढीमा कोरोना देखिए युवा दुबईबाट आएका थिए

काठमाडौं– नेपालमा पनि कोरोना भाइरसको कहर विस्तारै बढ्दै छ । यसअघि तीन जनामा मात्र देखिएको कोरोना संक्रमण अब चौथों व्यक्तिमा पनि देखिएको छ । 

धनगढीमा ११ चैतमा भर्ना भएका यी युवा दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आएपछि उनी अस्पताल भर्ना हुन गएका थिएनन् । 

स्वास्थ्यमन्त्रालयका अधिकारीहरुका अनुसार केही समयअघि दुबईबाट आएका उनी केही दिन काठमाडौंमा नै बसेका थिए । काठमाडौंको एउटा होटलमा झन्डै एक साता बसेपछि उनी सुदूरपश्चिम पुगेका थिए । 

११ चैतमा समस्या बढी भएपछि उनी अस्पताल भर्ना हुन गए । लगत्तै उनको स्वाब काठमाडौंको टेकु अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । आज आएको परीक्षणको रिजल्टमा उनमा कोरोना भाइरस संक्रमण देखिएको हो । 

योसँगै सरकारले उनीसँग भेट भएका व्यक्तिहरुबारे ट्र्याक गर्ने तयारी गरेको छ । तर, सरकारको ढिलाइले गर्दा नेपालमा कोरोना भाइरस अब काठमाडौंबाहिर ग्रामिण क्षेत्रमा पनि फैलिइसकेको आशंका गर्न थालिएको छ । 

केही समयअघि भारतबाट आएका हजारौँ मानिसको पनि स्वास्थ्य परीक्षण गर्न सकिएको छैन । यसलाई लिएर सरकारको आलोचना गर्नेहरु बढ्न थालेका छन् । 



अर्कोतिर उपचारमा संलग्न चिकित्सकहरुलाई सरकारले यथेष्ट मात्रामा पिपिई उपलब्ध गराउन सकेको छैन ।



  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १९:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया