९ बुँदे मागसहित अष्ट्रेलियामा रहेका विद्यार्थीलाई राहत उपलब्ध गराउन शैक्षिक परामर्श संघहरुको माग

काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको यो समयमा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई राहत उपलब्ध गराउन नेपालका शैक्षिक परामर्श संघहरुले आह्वान गरेका छन् । 

शुक्रबार पाँच संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा यो माग गरिएको हो । 

शैक्षिक परामर्श संघहरु इक्यान, नायर, आइरिन, फेकन र एकाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिले नेपाली विद्यार्थीलाई जतिसक्दो छिटो सहयोग गर्नु पर्ने समय आएको छ, यसले पछि पनि हाम्रो यो उद्योगलाई बचाउनेछ ।’

नेपालले विद्यार्थी पठाएर अष्ट्रेलियाली सरकारको जिडिपीमा सहयोग गरेको भन्दै यो माग नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समूदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकार वाला पक्षसँग राखिएको हो ।

अहिलेको समस्यालाई लिएर अनलाइन कक्षाहरुका लागि पनि यी संस्थाहरुले माग राखेका छन् । 

उनीहरुको प्रेस विज्ञप्तिः



 



  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार २०:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया