के धोनीले कोरोनाविरुद्धको लडाइँमा जम्मा एक लाख दिएका हुन् ?

भारतमा अहिले कोरोना भाइरसविरुद्धको लडाइँमा कलाकार तथा खेलाडीहरुले सरकारलाई सहयोग गरिरहेका छन् । 

यहीबीच भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले यसका लागि जम्मा एक लाख दिएको मिडिया रिपोर्ट आइरहेका छन् । 

अनि सामाजिक सन्जालमा यसलाई लिएर धोनीको निकै आलोचना गर्न थालिएको छ । मानिसहरुले वर्षमा ८ सय करोड कमाउने धोनीले किन एक लाखमात्र सहयोग गरे भन्दै प्रश्न गरेका छन्, प्रश्नहरु उठाएका छन् । अनि उनीमाथि अनेक ट्रोल बनेका छन् ।

तर, यो खबर साँचो रहेनछ । त्यसैले हुनुपर्छ, धोनीपत्नी साक्षीले यसबारे आफ्नो रिस पोखेकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्– यो संवेदनशील समयमा कृपया गलत समाचार नफैलाइदिनुहोस् !





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार २१:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया