एजेन्सी– विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पेरुमा सरकारले कर्फ्यू लगाएको छ । तर, यसलाई तोडेर एउटा पार्टीमा सहभागी भएका फुटबलर नोलर्बेटो सोलानो पक्राउ परेका छन् ।
पेरुका राष्ट्रपति मार्टिन भिजकार्राले मानिसहरुलाई राति १० बजेदेखि विहान ५ बजेसम्म घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । तर, यसलाई अवज्ञा गर्ने १८ हजारभन्दा धेरै पक्राउ परेका छन् ।
४५ वर्षका सोलानोले न्युक्यासल युनाइटेडका लागि ३ सयभन्दा धेरै खेल खेलेका छन् । उनी पार्टीमा गएको आरोपमा पक्राउ परे पनि पछि रिहा भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।