काठमाडौं– काठमाडौंमा शुक्रबार साँझबाट सुरु भएको हावहुरी अब वर्षासँगै चलेको छ । शुक्रबार राति ठूलो मेघगर्जनसहित काठमाडौंमा वर्षा हुन थालेको छ ।
तीन दिनयता काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्दै थियो । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस पुगेको थियो ।
अर्कोतिर कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण काठमाडौंलगायत नेपालभरकै वायु प्रदुषण कम भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।