आमिरसँग विवाह, सन्जय दत्तसँग सम्बन्धबारे बोलिन् प्रिती जिन्टा

एजेन्सी– सन् २००२ मा जब आमिर खानले पहिलो विवाहलाई सम्बन्धविच्छेद गर्ने निर्णय गरे, तब एउटा हल्ला फैलियो– उनले अभिनेत्री प्रिती जिन्टासँग गुपचुप विवाह गरिसकेका छन् । रीना दत्तसँग भएको आमिरको सम्बन्धविच्छेदमा प्रितीलाई दोषी पनि देखियो ।

तर, प्रितीले यसबारे लामो समयसम्म केही बोलिनन् । अब चाहिँ उनले यसबारे खुलेर कुरा गरेकी छिन् । उनले सिमी ग्रेवालको च्याट सोमा यसबारे बताएकी हुन् । 

‘आमिर मेरा राम्रा साथी हुन्, मेरो मनले भन्छ कि हामीबीच अत्यन्त राम्रो वर्किङ रिलेसनसिप होस्,’ उनले भनेकी छिन्, ‘जब आमिर खानको जीवनमा केही नराम्रो भइरहेको थियो, म नै आमिरसँग अत्यन्त नजिक थिएँ । अचानक मानिसहरुले मलाई मिसेस आमिर खानसमेत भने । मैले त्यति बेला सबैलाई भन्दै आएँ, म विवाहित होइन । मैले आमिरसँग विवाह गरेकी छैन ।’

यतिमात्र होइन, प्रितीको अर्का अभिनेता सन्जय दत्तसँग सम्बन्ध रहेको पनि चर्चा सुनिएको थियो । यसबारे पनि उनले मुख खोलेकी छिन् । उनले भनेकी छिन्, ‘म सक्ड भएकी थिएँ, म सन्जुलाई माया गर्छु, बाल्यकाल देखि नै उसलाई माया गर्छु । तर, ऊसँग मेरो सम्बन्ध रह्यो भन्ने कुरा बाहिर आउँदा मलाई निकै नराम्रो लागेको थियो ।’ 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार ०:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया