लकडाउनमा घरबाहिर जान नदिएकाले भाइलाई पिटेर हत्या

एजेन्सी– कोरोना भाइरसका कारण अहिले विश्वका धेरै देशहरुले लकडाउनको घोषणा गरेका छन् । अनि यही समयमा विभिन्न समाचार पनि आइरहेका छन् । 

तर, भारतको मुम्बईको यो समाचार अलिक फरक छ, जसले जो सुकैलाई पनि अचम्ममा पारिदिन्छ । 

कोरोनाका कारण भएको लकडाउन र लकडाउनका कारण त्यहाँ एक व्यक्तिले आफ्नो भाइको हत्या गरेका छन् । अनि यसको कारण चाहिँ ती भाइले उनलाई लकडाउनमा घरबाट बाहिर जान नदिएकाले मात्र हो । 

भारत सरकारले देशमा २१ दिने लकडाउन घोषणा गरेको छ । तर, यहीबीच त्यहाँ २८ वर्षीय एक युवाले २१ वर्षका आफ्ना भाइलाई भान्समा भएको चक्कु प्रहार गरेर हत्या गरिदिएका छन् । खासमा ती युवा बाहिर जान चाहन्थे । तर, उनका भाइले उनलाई रोकेका थिए । लाइभहिन्दुस्तानडटकममा आएको समाचारअनुसार भाइले घरबाहिर जानै नदिएपछि २८ वर्षका राजेश ठाकुरले उनलाई पिट्न सुरु गरेका थिए ।





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया