काठमाडौं– अहिले विश्वलाई रुवाइरहेको कोरोना भाइरसबारे समाचार पढिरहँदा तपाईंले बेलाबेलामा नोवल कोरना भाइरस लेखेको देखेको हुनुपर्छ ।
अनि प्रश्न उठ्छ– किन यसलाई नोवल कोरोना भाइरस भनिएको छ ?
खासमा यो कोरोना भाइरस पहिलो पटक मानिसहरुमा देखिएकाले यसलाई नयाँ भन्ने अर्थ जनाउनका लागि नोवल कोरोना भाइरस लेखिएको हो । यो महामारीका लागि जिम्मेवार भाइरस कोरोना भाइरस हो । नोवलको अर्थ चाहिँ नयाँ भन्ने मात्र हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।