साउदीमा कोरोना संक्रमितले सपिङ मलमा थुके, हुनसक्छ फाँसी

एजेन्सी– साउदी अरबमा एक कोरोना संक्रमितले सपिङ मलको ट्रली र ढोकामा थुकिदिएपछि ठूलो हंगामा मच्चिएको छ । भारतीय मिडिया नवभारत टाइम्समा आएको समाचारअनुसार सिसिटिभीमा उनले थुकेको देखेपछि उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका यी व्यक्ति विदेशी नागरिक भएको बताइएको छ । तर, उनी कुन देशका हुन् भन्ने अहिलेसम्म खुलाइएको छैन । 

प्रहरीले पक्राउ गरेपछि ती युवालाई कोरोना संक्रमण देखिएको छ । 

यही कारणले उनीमाथि अब मुद्दा चलाइएको छ । साउदीका अधिकारीहरुले उनले आफूलाई ज्वरो र खोकी आएको थाहा पाउँदापाउँदै पनि सार्वजनिक स्थलमा थुकेकाले उनलाई फाँसी दिइने बताएका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार २:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया