भरुवा बन्दुक लागेर दोलखामा एकको मृत्यु

दोलखा– भरुवा बन्दुक लागेर दोलखामा एक व्यक्तिको मृत्यु भएको छ । मृगको सिकार गर्न पड्काएको भरुवा बन्दुक लागेर दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २८ वर्षीय शिव थामीको मृत्यु भएको हो । 

एका घरका परिवारका सदस्य मिलेर मृगको सिकार गर्न गएका वेला शिवको बिहीबार मृत्यु भएको थियो । उनीसँगै सिकार खेल्न गएका दाजुभाइले जंगलमा घाँस काट्ने क्रममा शिव लडेर घाइते भएको बताएका थिए । 

तर, प्रहरीले अनुसन्धान गर्दा मृगलाई हानेको बन्दुक लागेर उनको मृत्यु भएको पुष्टि भएको छ । उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले सोही गाउँका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकवीर थामी, ४५ वर्षीय बाबुराम थामी र ३० वर्षीय बाबु थामीलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले तीन नाल भरुवा बन्दुक, छर्रा, बारुद र खुकुरी बरामद गरेको छ । जंगलमा लुकाइराखेको अवस्थामा ती सामग्री बरामद गरिएको हो ।
 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १२:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया