नेपालजन्ज– नेपाल एयरलायन्सको जहाज नेपालगन्जमा अवतरण गर्ने वेला दुर्घटनामा परेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार बिरामीको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको वाई१२ई जहाज दुर्घटनामा परेको हो ।
जहाज क्याप्टेन केबी लिम्बूले चलाएका थिए । जहाजमा सवार चालक र चालक दलका सदस्य सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।