इमरानमाथि सेनाको ‘कू प्रयास’, उनको योजनाविरुद्ध प्रान्तमहरुमा लकडाउन

कोरोना भाइरसको रोकथामका लागि देशमा लकडाउन नगर्ने घोषणा गरेका थिए, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले । तर, उनले नचाहँदा नचाहँदै पनि त्यहाँका विभिन्न प्रान्तमा लकडाउन गरिएको छ । 

एक रिपोर्टका अनुसार यो खासमा पाकिस्तानी सेनाको उनको योजनामाथिको कू प्रयास हो । सेनाले उनलाई साइड लगाएर प्रान्तीय सरकारहरुसँग मिलेर यस्तो गरेको दाबीसहित पाकिस्तानी पत्रिकामा यो समाचार छापिएको छ । इमरानले चाहिँ आम मजदूरका लागि हितकर नहुने भएकाले यस्तो नगर्ने बताएका थिए । 

रोजनामा पाकिस्तान भन्ने पत्रिकाले यो सनसनीखेज समाचार प्रकाशन गरेको हो । न्युयोर्क टाइम्सको रिपोर्टमा आधारित भनिएको यो लामो रिपोर्टको शीर्षक नै लेखिएको छ– प्रधानमन्त्री इमरान खान चाहँदैनथे लकडाउन, पाक फौजले उनलाई गरिदियो साइडलाइन ।





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १४:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया