भारतमा लकडाउनमा घर फर्किरहेका सात मजदूरको मृत्यु !

एजेन्सी– कोरोना भाइरस संक्रमणको रोकथामका लागि अहिले भारतमा सात दिने लकडाउन लगाइएको छ । 

यही कारणले त्यहाँ सात मजदूरको मृत्यु भएको छ । 

भारतको कर्नाटकको पेड्डा गोलकुन्डामा ट्रक तथा भ्यानको टक्करका कारण सात मजदूरको मृत्यु भएको हो । समाचार एजेन्सी पिटिआईका अनुसार प्रहरीले शुक्रबार अबेर राति यो घटना भएको जनाएको हो । यी सवारी साधनमा मजदूरहरु आफ्नो घर फर्किइरहेका थिए । मृत्यु हुनेमा दुई बच्चा पनि रहेको बताइएको छ । 

३१ मजदूर भ्यानमा भएको र यसको ठक्कर आएका कारण पाँच जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १५:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया