ऋषि कपुरले भने– लकडाउनमा मदिरा खान पाए पो मानिसहरु घरमा बस्छन् !

बलिउड अभिनेता ऋषि कपुर बारम्बार वर्तमान समयका टिप्पणीहरु गरिरहेका हुन्छन् । सामाजिक सन्जालमा उनी निकै सक्रिय पनि देखिएका हुन्छन् । समसामयिक मुद्दामा टिप्पणी गर्ने ऋषिले यसपटक एउटा यस्तो स्टाटस लेखेका छन् जसका कारण उनी ट्रोलरहरुको शिकार बनेका छन् । 

अहिले कोरोना भाइरस संक्रमण फैलिएको बेलामा उनले भारत सरकारसँग साँझ मदिरा पसल खोल्न अनुरोध गरेका छन् । मदिरा पसल खोलेको खण्डमा अहिलेको माहोलमा कम तनाव हुने उनले बताएका छन् । अनि उनले मानिसहरु पनि मदिरा पिएर घरमै बस्ने कुरा उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १८:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया