लकडाउन उल्लंघन गर्ने चार सय ८२ जना पक्राउ
दक्षिण अफ्रिकामा लकडाउन उल्ल‌घंन गर्नेलाई पक्राउ गर्दै प्रहरी !

कोरोना  संक्रमण (कोभिड १९) रोकथामका लागि सरकारले घोषणा  गरेको लकडाउन उल्लंघन गर्ने चार सय ८२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको  छ। पक्राउ पर्नेमा ३० जना महिला  र ४ सय ५२ जना पुरूष छन् ।

महानगरीय  प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन उल्लघन गर्नेलाई पक्राउ गरिएको बताए । उनले काठमाडौंबाट ४ सय ५२ र ललितपुरबाट २५ जना पक्राउ परेको जानकारी दिए 

लकडाउनको घोषणा भए पनि मानिसहरूको घरबाहिर  निस्कने  क्रम  नरोकिए पछि  प्रहरीले  कडाइ  सुरू गरेको हो ।

लकडाउन कार्यान्वयनका लागि उपत्यकाको तीन वटै जिल्लामा प्रहरीकाे विशेष टोली परिचालन भएकाे छ ।





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार ६:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया