अमेरिकामा मात्रै कोरोना प्रभावित सवा लाख पुगे, यी हुन् अत्यधिक प्रभावित मुलुक

काठमाडौं– चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिले विश्वभर तीव्र गतिमा फैलिरहेको छ । सुरुमा चीन, इटली, स्पेन हुँदै पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर अमेरिका बनेको छ । जहाँ संक्रमितको संख्या करिब सवा लाख पुगिसकेको छ ।

अमेरिकामा हाल संक्रमित संख्या १ लाख २३ हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । 

कोरोना संक्रमणकाो दोस्रो इपिसेन्टर इटाली बन्न पुगेको छ । त्यहाँ ९२ हजार ४ सय ७२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण त्यहाँ १० हजार २३ जनाको ज्यान गइसकेको छ । संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने मुलुकमा इटाली पहिलो नम्बरमै छ ।

कोरोना भाइरसको उद्गम मुलुक चीनमा ८१ हजार ४ सय ३९ जनामा संक्रमित छन् भने कोरोनाले ३३ सयजनाको ज्यान लिइसकेको छ । संक्रमित संख्याका आधारमा चीन तेस्रो नम्बरमा छ । 

स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्विट्जरल्याण्ड तथा नेदरल्याण्डस् क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ तथा दशौँ नम्बरमा रहेका छन् ।

यीपछि क्रमशः दक्षिण कोरिया, बेल्जियम, अस्ट्रिया, टर्की, क्यानडा, पोर्चुगल, नर्वे, ब्राजिल, अस्ट्रेलिया, इजरायल र स्विडेन बढी प्रभावित मुलुकमा पर्छन् । 



संसारका १९९ मुलुकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ६ लाख ६३ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ३० हजार ८ सय ७९ जनाको ज्यान गएको छ भने १ लाख ४२ हजार १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।



  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार ९:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया