पिपिई नपाएका चिकित्सकलाई सल्लाह– बिरामीले खोक्दा आँखा चिम्लिनू

अहिले विश्वमा नै कोरोना भाइरसले ठूलो सन्त्रास निम्त्याएको छ । अनि नेपालमा मात्र होइन, विश्वका विकसित देशमा पनि पिपिईको कमी छ । 

यहीबीच बेलायतमा कोरोना संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको भिडियो आएको छ । 

डा गुड्डी सिंहले भनेकी छिन्, ‘यसले सन्त्रास बढाएको छ ।’

अनि उनले पिपिईको उपलब्धता र प्रयोगको विषयमा ठूलो विडम्बना भइरहेको बताएकी छिन् । 

‘साथीहरु जो कोरोना संक्रमितको उपचारमा हुनुहुन्छ, उहाँहरुले बिरामीले खोक्दा आँखा चिम्लिनु,’ उनले भनेकी छिन् ।





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार १७:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया