‘द कोरोना लभ’: लकडाउनमा छतमा ड्रोन उडाएर सुरु भएको एउटा प्रेम कहानी

एजेन्सी– पूरै विश्व अहिले कोरोना भाइरसका कारण निकै तनावमा छ । अहिले विश्वको झन्डै एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्र बस्न बाध्य भएको छ । 

तर, यही समयमा एउटा प्रेम सुरु भएको छ । यो कुरा हो, न्युयोर्कको । त्यहाँ एक युवाले यही समयमा छिमेकी घरमा रहने एक युवतीलाई मायाको प्रस्ताव गरेका छन्, उनीहरुबीच प्रेम सुरु भएको छ । 

ब्रुकलिनस्थिट फोटोग्राफर जेरेमी कोहेनले यो प्रेमको सुरुवात गरेका हुन् । उनले आफ्नो घरको झ्यालबाट एक युवतीलाई केही पर छतमा नाचिरहेको देखेका थिए । 

अनि उनको मनमा ती युवतीप्रति माया सुरु भएको थियो । त्यही भएर उनले ती युवतीसँग डेट गर्ने प्रस्ताव गर्न आफ्नो नम्बर पठाए । तर, कोरोनाले विश्व घरभित्र थुनिएको यो समयमा उनको त्यो चिठी बोक्ने कुनै परेवा थिएन वा कुनै पोस्टम्यान थिएन । थियो त एउटा ड्रोन । 

उनले ड्रोनको सहायतामा ती युवतीसम्म आफ्नो नम्बर पुर्याएका थिए । 

उनले ड्रोनमा एउटा पेपरमा आफ्नो नम्बर लेखेर पठाएका थिए । ड्रोन युवतीकोमा पुग्यो । ती युवती थिइन्, टोरी । टोरीले त्यहाँको कागजमा लेखिएको नम्बरमा तत्काल टेक्स्ट गरिन्– हाइ, म छतमा नाच्ने युवती हुँ । 



त्यसपछि यी दुईको कुराकानी हुन थाल्यो । दुवैले एकअर्कासँग राम्रो कुराकानी गर्न थाले । अनि यी दुईको कुरा डेटसम्म पुग्यो । तर, कोरोनाका कारण उनीहरु प्रत्यक्ष चाहिँ भेटेनन् । दुवैले आआफ्नो छतमा बसेर भिडियो डेट गरेका छन् । अब यी दुई केही पर भए पनि सँगै खाना खाइरहेका छन् । कोहेनले यसबारे बोर्ड पान्डा नामको वेबसाइटमा पनि लेखेका छन् । 

कोहनले यसबारे टिकटक भिडियो पनि बनाएका थिए–
 



  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार १८:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया