सरकारले दियो नेपालीलाई धन्यवाद
फाइल तस्वीर ।

काठमाडौं– आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई धन्यवाद दिएको छ । 

नेपालीले कोरोना रोकथामका लागि सरकारले ल्याएका निर्देशन पालना गरेको भन्दै यो धन्यवाद दिएको हो । मन्त्रिपरिषदका निर्णय सुनाउँदै प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन् । 

उनले मन्त्रिपरिषद्ले गरेका अन्य पाँच निर्णय पनि सुनाएका छन् । 

नेपालमा अहिले पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य भएको पनि उनले जानकारी दिएका छन् । ‘यसलाई सरकारले सन्तोषका रुपमा लिएको छ,’ उनले भने । 





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार २१:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया