वीर अस्पतालमा काेराेना आशंका गरिएका दुई जनाको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

काठमाडौं– कोरोना संक्रमणको आशंका गरिएका दुई जना बिरामीको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट फर्किएका एक ५० वर्षीय व्यक्ति छन् ।

उनलाई कोरोना भाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको थियो । त्यस्तै, मृत्यु भएकी ३४ वर्षीया महिलालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

वीर अस्पतालले यी दुवै जनाको स्वाब परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको बताएको छ । तर, दुवैको रिपोर्ट आएको छ । 

यी दुवै जनाको मृत्यु सोमबार भएको हो ।





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १६:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया