टर्कीका पूर्वफुटबलर कोरोना संक्रमण भएपछि अस्पतालमा

टर्कीका सबैभन्दा धेरै खेल खेलेका पूर्वगोलकिपर रुस्तु रेक्बेर अहिले अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

पहिले बार्सिलोनाबाट पनि खेल्ने रुस्तुले सन् २००२ मा टर्की सेमिफाइनलसम्म पुग्दा टिमका महत्वपूर्ण खेलाडी थिए । उनलाई अचानक कोरोना देखिएको उनकी श्रीमती इसिलले बताएकी छिन् । 

इसिल र उनका अरु दुई छोरोछारीलाई चाहिँ कोरोना देखिएको छैन । 





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १६:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया