इजरायलका प्रधानमन्त्री नेतान्याहूमा कोरोना संक्रमणको आशंका, १४ दिनका लागि आइसोलेसनमा बस्ने

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का कारण संसार आक्रान्त बनेको छ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि कोरोना भाइरस संक्रमणको आशंकामा १४ दिनका लागि आइसोलेसनमा बस्ने भएका छन् । 

नेतान्याहूका सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । पाउक गत साता संसदमा नेतान्याहूसँगै उपस्थित भएका थिए ।

पाउकलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । इजरायलका स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको निर्देशनलाई पूर्ण रुपमा पालना गर्नेछन् ।

 इजरायलमा अहिलेसम्म कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार २ सय ४७ संक्रमित देखिएका छन् । 





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १८:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया