दिल्लीको एकै ठाउँमा २ सय जनामा कोरोना लक्षण

भारतको नयाँ दिल्लीको निजामुद्दीनमा एक धार्मिक सभा आयोजना गरेपछि कयौँ मानिसमा कोरोनाको लक्षण देखिएको छ । 

समाचार एजेन्सी पिटिआईका अनुसार त्यो क्षेत्रलाई अब प्रहरीले घेराबन्दी गरेको छ । त्यहाँ २ सय जना एकै ठाउँमा भेला भएको र अब उनीहरुलाई कोरोनाको लक्षण् देखिएको बताइएको छ । 

एक प्रहरी अधिकारीले आफूहरुलाई थाहा नदिइ लकडाउनको उल्लघंन गरेर त्यहाँ त्यो कार्यक्रम गरिएको बताएका छन् । उनले नै त्यहाँ सहभागी मानिसमा कोरोनाको लक्षण देखिएको पनि बताएका छन् ।

भारतमा २५ मार्चदेखि २१ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १९:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया