अति विपन्न व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन सर्वोच्चको सरकारलाई आदेश

काठमाडौं– सर्वोच्च अदालतले अति विपन्न व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिलाई राहत उपलब्ध गराउन आदेश दिएको हो । 

विपन्न र ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नेहरु खान पाउने अधिकारबाट वञ्चित हुने अवस्था आएकाले उनीहरुलाई विशेष प्रबन्ध मिलाउन सर्वोच्चले आदेश दिएको हो । यसका लागि सबै तहका सरकारबीच समन्वय गर्न आदेशमा भनिएको छ ।  

अहिले लकडाउनको समयमा यस्ता व्यक्तिहरु राहत लिन आफैँ सम्पर्क राख्न आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन सर्वोच्चले आदेश दिएको हो ।

अधिवक्ता विष्णु लुइँटेलले विपन्न र ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नेहरुलाई खान पाउने अधिकारबाट वञ्चित नगर्न माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश दिएको हो ।





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १९:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया