टोकियो ओलम्पिकको नयाँ मिति २०२१को जुलाई २३ देखि अगष्ट ८ सम्म

एजेन्सी– कोरोना भाइरसका कारण एक वर्ष सरेको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको हो । नयाँ तोकिएको मितिअनुसार अब टोकियो ओलम्पिक २०२१को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ ।

यसअघि विभिन्न राष्ट्रले एक वर्षका लागि ओलम्पिक सार्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए । यसमा जापानी प्रधानमन्त्री सिञ्जो आवेले विशेष जोड दिएका थिए ।  

अन्तर्राष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि उक्त घोषणा भएको हो ।
 





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार २०:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया