पत्रकारलाई राहत दिन प्रेस युनियनकाे माग

नेपाल प्रेस युनियनले सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा सोमबार जारी विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतको विशेष प्याकेज घोषणा गर्न आग्रह गरिएको छ ।

लकडाउन अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको खाँचो रहेको उनले जिकिर गरेका छन् । राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाएका छन्। 





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १०:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया