सूर्यविनायकमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार

भक्तपुर– भक्तपुरको सूर्यविनायकमा एक प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । ड्युटीमा रहेका प्रहरी हवल्दारलाई मानसिक समस्या भएका एक व्यक्तिले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । 

रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् ।

मानसिक सन्तुलन गुमाएका ती व्यक्ति मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेको महानगरीय प्रहरी वृत्त, जगातीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार अहिले घाइते हवल्दार र मानसिक सन्तुलन गुमाएक व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ । 





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १४:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया