काठमाडौं– सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा परेको छ ।
सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । नयाँ पात्रोअनुसार दसैँको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।
वर्षभर पर्ने ५२ वटा शनिबार, दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।
२०७७मा सार्वजनिक बिदा हुने दिन
शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ ।
यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ ।
होलीको दिन चैत १६ गते विदा पाउने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।