पाँचौ पटक पनि कोरोना पोजिटिभ देखिइन् कनिका

बलिउडकी गायिका कनिका कपुरको फेरि पनि कोरोना भाइरस टेस्ट गरिएको छ । र, लगातार उनको रिजल्ट पाँचौ पटक पनि पोजिटिभ आएको छ । 

लखनउको सन्जय गान्धी अस्पतालमा भर्ना भएकी यी गायिकाको पाँचौ रिपोर्ट मंगलबार आएको हो । तर, चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था सामान्य नै भएको बताएका छन् ।

अस्पतालका निर्देशक डा. आर के धिमानले भनेका छन्, ‘उनको अवस्थामा सुधार भएको छ, उनले खाना पनि समयमा नै खाएकी छिन् ।’ उनले सामाजिक सन्जालमा कनिकाको अवस्था झन् कमजोर हुँदै गएको भन्दै अफवाह फैलाइएको पनि बताएका छन् । 

उनले उनको कोरोना टेस्ट नेगेटिभ नआएसम्म अस्पतालबाट डिस्चार्ज नगरिने पनि बताएका छन् ।





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १५:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया