सर्वत्रबाट विरोध भएपछि स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

काठमाडौं । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार साँझ यस सम्बन्धमा जानकारी गराएका हुन् । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिने भन्दै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन सो समूहसँग सम्झौता गरेको थियो । उपकरणको मूल्य अत्यन्त महँगो भएको भन्दै सम्झौताको सर्वत्रबाट विरोध भएपछि सो सम्झौता रद्द गरिएको हो । 

यद्यपि सरकारले सोही सम्झौताअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याइसकेको छ । नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार पहिलो चरणमा केही सामान ल्याएको हो । नेपाल आएका सामानमध्ये किट प्रयोगहीन भएको सरकारी स्वास्थ्य अधिकारीले नै बताएका थिए ।

सरकारले कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरेर ती सामान ल्याएको हो । विभागका महानिर्देशक श्रेष्ठले पनि २० प्रतिशत महँगोमा सामान आएको स्वीकार गर्दै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।

सम्झौता रद्द गर्ने निर्णय गरेसँगै ओम्नी समूहलाई कालो सूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठको भनाइ छ । 

विभागले अब तीन दिनको समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने उललेख गर्दै सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १७:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया