अमेरिकी सांसदले आरोप लगाए– चीनसँग मिल्यो डब्लूएचओ

एजेन्सी– कोरोना भाइरसका कारण हायलकायल भएको अमेरिकाले अब विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आरोप लगाउन थालेको छ । स्वास्थ्य संगठनको भूमिकाबारे अमेरिकाले प्रश्न उठाउन थालेको हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब त्यहाँका रिपब्लिकन सांसद रिक स्कटले पनि विश्व स्वास्थ्य संगठनको भूमिकामा प्रश्न उठाएका हुन् । उनले डब्लूएचओलाई दिइएको रकम पनि फिर्ता गर्नु पर्ने माग रोखका छन् । 

उनले डब्लूएचओले चीनमा कोरोना भाइरस संक्रमण गत वर्ष देखिए पनि डब्लूएचओले यसलाई अहिलेसम्म लुकाएको र अमेरिकामा यसलाई फैलिन दिएको आरोप लगाएका हुन् । 

उनले अमेरिकी पैसा प्रयोग गर्ने डब्लूएचओले कम्युनिस्ट चीनको बचाउमा लागेको पनि आरोप लगाएका छन् । अनि यसको भूमिकालाई तत्काल जाँच गर्नु पर्ने माग राखेका छन् ।

डब्लूएचओले अहिले झुटो जानकारी दिएको र यसले विश्वका अरु देशलाई समस्यामा पारेको समेत उनको आरोप छ ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १८:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया