नेपालमा ११३३ जनाकाे काेराेना परीक्षण

कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ११ सय ३३ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर ९९ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको पनि जानकारी दिए ।

बुधबारबाट पोखरामा पनि कोरोना परीक्षण सुरु भइसकेको भन्दै देवकोटाले पोखरामा चारजनाको र धरानमा १२ जनाको परीक्षण गरिएको बताए । यस्तै, हेटौँडामा कोरोना परीक्षण गर्ने तयारी अन्तिम चरण पुगेको उनको भनाइ छ ।

देवकोटाले २४ घन्टाको समयमा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा ६ हजार नौ सय कल आएको र दुई हजार तीन सय २३ कलको गुनासो समाधान गरिएको पनि जानकारी दिए ।

नेपालमा हालसम्म पाँचजनामा मात्र कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये एकजना निको भइसकेका छन् भने दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत छन् । त्यस्तै, एकजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्को एकजनाको बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार ०:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया