अब चीनको सेन्जेनमा कुकुर र बिरालोको मासु खान नपाइने

एजेन्सी– विश्वव्यापी महामारीको रुप लिएपछि कोरोना भाइरसबाट बच्न अब विभिन्न देशहरुले अनेक उपायहरु लगाइरहेका छन् । विश्वका अधिकांश देशमा अहिले लकडाउन गरिएको छ । लकडाउन नगरिएका केही देशमा पनि क्वारेन्टाइन भन्दै मानिसहरुलाई घरबाट बाहिर निस्कन निरुत्साहित गरिएको छ । 

यो भाइरस सबैभन्दा पहिले मानिसमा गत डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो । त्यहाँ जंगली जनावरहरुको मासु अत्यधिक खाने भएकाले त्यसबाट नै यो भाइरस मानिसमा सरेको हुनसक्ने अनुमान धेरैले गरेका छन् । 

यहीबीच चीनका विभिन्न ठाउँमा अहिले जंगली जनावर तथा घरपालुवा केही जनावरको मासु खान पनि प्रतिबन्ध लगाउन थालिएको छ । अब यो प्रतिबन्धको सुरुवात गरेको छ, शेन्जेन सहरले । यो प्रान्तमा अब कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १४:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया