अष्ट्रेलियामा वैज्ञानिकले परीक्षण गर्न थाले कोरोनाविरुद्ध दुई भ्याक्सिन

अष्ट्रेलियामा वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका दुई सम्भावित खोपको परीक्षण गर्न थालेका छन् । 

यी भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फर्माक्युटिकलले बनाएका हुन् । दुवै भ्याक्सिनको परीक्षण यसअघि जनावरमा गरिसकिएको छ । अनि यसलाई विश्व स्वास्थ्य संगठनले पनि अनुमति दिनका लागि प्रमाणीकरण गरेको छ ।

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले यी दुई भ्याक्सिनको परीक्षण गर्न लागेको हो । अब त्यहाँबाट यी भ्यक्सिन मानिसका लागि उपयुक्त हुने वा नहुने भन्ने निश्चित गरिन्छ । 

त्यसो त यसअघि पनि मानिसमा पहिलो पटक एउटा भ्याक्सिन गत महिना अमेरिकामा गरिएको थियो । तर, यो भ्याक्सिनको परीक्षण जनावरमा गरिएको थिएन । 

त्यसो त अहिले विश्वभर विभिन्न ठाउँमा निकै द्रुत गतिमा भ्याक्सिनको विकासको काम भइरहेको छ । तर, अष्ट्रेलियाको कमनवेल्थ वैज्ञानिक तथा औद्योगिक रिसर्च अर्गनाइजेसनले यो नै पहिलो क्लिनिकल ट्रायल हुने जनाएको छ । 

वैज्ञानिकहरुले विश्वकै रिसर्चरहरुको सहयोगका कारण आफूहरु यो ठाउँसम्म आइपुगेको बताएका छन् । 



‘खासमा यो अवस्थामा आइपुग्न सामान्य अवस्थामा एक अथवा दुई वर्ष लाग्छ,’ उनीहरुले भनेका छन्, ‘हामीले यसलाई अहिले छोट्याएर केही महिनामा नै यो काम गरेका छौँ ।’ डा. रोब ग्रेनफेलले यसबारे बिहिबार पत्रकार सम्मेलन गरेर आफूहरु आशावादी भएको बताएका छन् ।

केही दिनअघि नै यी वैज्ञानिकहरुले यो भ्याक्सिन फेरेट्स नामका जनावरमा परीक्षण गरिसकेका छन् । फेरेट्समा मानिसमा जस्तै कोरोना भाइरस देखिएको परीक्षणमा पुष्टि भएको छ ।



  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १४:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया