मदनकृष्णको रचना, यमनको स्वर-संगीत, सरानाको निर्देशनमा– लकडाउन लकडाउन, संसारै सटडाउन

काठमाडौं– गायक यमन श्रेष्ठ लकडाउन सम्बन्धी गीत लिएर आएका छन् । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लकडाउन सुरु गरेपछि श्रेष्ठले सोहीसँग सम्बन्धित गीत बजारमा ल्याएका हुन् । 

उनको गीतमा लकडाउनका वेला हात मिलाउनुहुँदैन, भीडभाडमा जानुहुँदैन, भोजभतेर गर्नुहुँदैन, चिसोमा बस्नुहुँदैन, ब्यायाम गर्नुपर्छ भन्ने सन्देश छ । साथै कोरोना भाइरसले कुनै धर्मका, जातिका, पार्टीका र वर्गकालाई पनि नछाड्ने बताइएको छ । लकडाउन संसार सटडाउन बोलको गीतले चेतनासँगै मनोरञ्जन पनि प्रदान गर्छ ।  

स्वरसँगै संंगीत र संगीत संयोजन पनि गायक श्रेष्ठ स्वयंंले भरेका छन् । गीतको रचना हास्यकलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् । सरना श्रेष्ठले भिडियो निर्देशन गरेकी छन् । भिडियोमा यमन स्वयं फिचर्ड छन् । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १५:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया