Fri, 29 May, 2020


नेपालमा छैटौँ कोरोना संक्रमित भेटिए
फरकधार / चैत २०, २०७६

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 



यससँगै नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या ६ पुगेको छ । 

जनस्वास्थ्य प्रयोगशालामा बिहीबार भएको परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो । 

उनी चैत ४ गते कतारबाट आएको क्युआर ६५२ नम्बरको विमानमा नेपाल आएका थिए । 

यसबारे थप विवरण आउँन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्