हामी उठ्नेछौँ फाउन्डेसनले मोबाइल रिचार्ज गरिदिने

काठमाडौं– कोरोना भाइरसको महामारीका कारण देखिएका समस्याहरु समाधानका लागि विस्तारै निजी संघसंस्थाहरु पनि अग्रसर हुन थालेका छन् । यहीबीच हामी उठ्नेछौँ फाउन्डेसनले पनि एउटा सहयोगी कदम अगाडि बढाएको छ । 

हामी उठ्नेछौँ फाउन्डेसनका अनुप बरालले आफ्नो फेसबुकमा सेयर गरेअनुसार मोबाइलमा कुरा गर्नै पर्ने भएका तर रिचार्ज गर्न नपाएकाहरुका लागि यो सुविधा ल्याइएको हो । 

रिचार्ज गर्न नसकिने वा जहाँतहीँ ब्यालेन्स टपअप गर्न नसक्ने नेपाल टेलिकम र एनसेलका प्रयोगकर्तालाई यो सुविधा दिन लागिएको उनले फेसबुकमा लेखेका छन् । 

घरमै बसौँ, सम्पर्कमा रहौँ नारासहित ल्याइएको यो योजनाका लागि पहिले फाउन्डेसनको एउटा नम्बरमा एसएमएस गर्नु पर्ने हुन्छ । 


 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १८:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया