चीनमा कोरोना संक्रमितको उपचारमा लागेर निधन भएका स्वास्थ्यकर्मी शहिदको सूचीमा

एजेन्सी– चीनको हुबेई प्रान्तले कोरोना भाइरसविरुद्ध लड्दा ज्यान गुमाएका स्वास्थ्यकर्मीलाई आफ्नो देशको शहिदको सूचीमा राख्ने निर्णय गरेको छ । त्यहाँ १४ जना स्वास्थ्यकर्मीले कोरोना भाइरसविरुद्ध लड्दा ज्यान गुमाएका थिए ।

उनीहरुमध्ये ली वेनलियाङ पनि छन् । गत डिसेम्बरमा यो महामारी सुरु हुनुभन्दा केही अगाडि मात्रै उनले आफ्ना सहकर्मीहरुलाई यसबारे बताएका थिए । उनका तस्वीर र भिडियो विश्वभर भाइरल भएको थियो । 

तर, उनले अफवाह फैलाएको भन्दै चिनियाँ प्रहरीले उनलाई चेतावनी दिएको थियो । उनको पछि कोरोना भाइरस संक्रमण भएपछि नै निधन भएको थियो । त्यसपछि चीनमा र बाहिर पनि चिनियाँ सरकारको कदमको चर्को आलोचना भएको थियो । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १८:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया