अमेरिकामा कोरोनासँग लड्ने औषधी र सामाग्री सकियोः ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकामा कोरोना भाइरससँग लड्नका लागि जरुरी मेडिकल उपकरण तथा औषधी लगभग सकिएको स्वीकार गरेका छन् । 

अमेरिकामा अहिले सबै प्रान्तका गर्भनरहरुले आफूहरुलाई सुरक्षा उपकण, टेस्टिङ किट्स तथा भेन्टिलेटर कमी भएको बताउँदै केन्द्र सरकारसँग यसको माग गरिरहेका छन् ।

तर, सरकारी अधिकारीहरुले नै अहिले अमेरिकामा कोरोना उपचारका लागि अत्यावश्यक सबै सामाग्री सकिएको बताउँदै आएका छन् । वासिङटन पोस्टमा छापिएको एक समाचारअनुसार अब अमेरिकामा यी सामानहरुको माग निकै बढेको छ । 

अर्कोतिर ट्रम्पले यी सामानहरुको खरिदका लागि चीन र रुससँग कुराकानी भएको बताउन थालेका छन् । तर, पत्रिकाले चाहिँ उनले यी सामान किन्ने निर्णय गरेको भन्दा पनि प्रयास गरेको दाबी गरेको छ । 

यसबीच अमेरिकामा ६ महिनाका एक बच्चाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म कोरोनाका कारण सबैभन्दा कम उमेरका व्यक्तिको निधन नै ती बच्चा हुन् । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १९:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया