भारतमा जुम्ल्याहा बच्चाको नाम कोभिड र कोरोना !

भारतको छत्तिसगढको राजधानी रायपुरमा एक महिलाले कोरोना भाइरसको महामारीबीच जुम्लयाहा बच्चालाई जन्म दिएकी छिन् । अहिले दुनियाँमा आतंकको पर्याय बनेको कोरोना भाइरसको महामारीबीच जन्मिएका छोरा र छोरीलाई उनले नाम पनि यहीसँग सम्बन्धित दिएकी छिन् । रायपुरको पुरानो बस्तीमा बस्ने विनय बर्मा र प्रीति बर्माले आफ्नो जुम्ल्याहा बच्चालाई यो नाम दिएको भारतीय मिडिया हिन्दुस्तान टाइम्समा उल्लेख गरिएको छ । 

प्रीतिले एक साताअघि जुम्लयाहा बच्चालाई जन्माएकी हुने । दुई दिन पहिले यी दुईको नाम कोभिड र कोरोना राखेको उने जानकारी दिएकी छिन् । उनले छोराको नाम कोभिड र छोरीको नाम कोरोना राखेकी छिन् । तर, सामाजिक सन्जालमा यसलाई लिएर धेरैले आलोचना गरेका छन् । 

इन्डियन एक्सप्रेसमा पनि यसबारे रिपोर्ट छापिएको छ । इन्डियन एक्सप्रेसले त त्यहाँको अस्पतालका चिकित्सकसँग कुराकानी गरेर दुवै बच्चाको स्वास्थ्य राम्रो भएको समेत उल्लेख गरेको छ । 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १९:४७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया