एजेन्सी– अमेरिकामा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित न्युयोर्कमा कम्तिमा पनि १६ हजार मानिसले भाइरसका कारण ज्यान गुमाउने प्रक्षेपण गरिएको त्यहाँका गर्भनर एन्ड्र्यु क्वोमोले बताएका छन् ।
उनले अहिले अमेरिकाको इपिसेन्टर नै न्यूयोर्क भएको र न्यूयोर्कका सबै काउन्टीमा यो भाइरस देखिएको पनि जानकारी दिएका छन् ।
उनले अहिलेसम्म न्युयोर्कमा २३७३ जनाले यो भाइरसका कारण ज्यान गुमाएको पनि बताएका छन् । बिबिसीमा आएको समाचारअनुसार क्वोमोले अहिले स्थिति नियन्त्रणबाहिर गइसकेको भन्दै अरु प्रान्तहरुलाई पनि सचेत हुन अनुरोध गरेका छन् ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरससँग लड्न आवश्यक सामाग्री सकिएको स्वीकार गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।