अहिले विश्वका सेलेब्रिटीहरु पनि कोरोनाविरुद्धको लडाइँमा लागेका छन् । हलिउडका मात्र होइन, बलिउडका अभिनेता तथा अभिनेत्रीले पनि यसबारे अब खुलेर कुरा गर्न थालेका छन् । कतिपयले आफूले सकेको रकम सहयोग गरिरहेका छन् ।
अब बलिउडका बादशाह समेत भनिने शाहरुख खान पनि कोरोनाविरुद्धको लडाइँमा आएका छन् । उनले कोरोनाविरुद्धको यो लडाइँमा खुलेर योगदान गर्ने भएका छन् ।
ट्विटरमा यसबारे उनले लेखेका छन् । उनले कसकसलाई कसरी आफूले सहयोग गर्ने भन्ने पनि खुलाएका छन् ।
शाहरुखले भारतका प्रधानमन्त्रीले बनाएको कोषमा सहयोग गर्ने मात्र होएन, अन्य क्षेत्रका लागि पनि आफू सहयोग गर्न तत्पर रहेको लेखेका छन् । यसबारे उनले ट्विट गरेका छन्ः
In these times it’s imp to make everyone around u working tirelessly for u.. not related to u.. perhaps even unknown to u... to feel they are not alone and by themselves. Let’s just make sure we all do our little bit to look after each other. India and all Indians are One Family. https://t.co/LWz4wQGaPe
— Shah Rukh Khan (@iamsrk) April 2, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।