निजामुद्दिनका कोरोना संक्रमितले गरे नर्ससँग नराम्रा हर्कत !

भारतमा दिल्लीमा रहेको निजामुद्दिनस्थित मरकजबाट निस्किएका तबलिगी जमातले अहिले भारतका विभिन्न ठाउँमा कोरोना संक्रमण फैलाएको आरोप लागेको छ । हुनु पनि मुस्लिमहरुको एउटा उत्सवमा सहभागी भएका व्यक्तिहरुमा अहिले कोरोना भाइरस निकै देखिएको छ । 

अनि उनीहरु कोरोना संक्रमित भएपछि विभिन्न ठाउँमा क्वारेन्टाइनमा राखिएको छ । यसैबीच गाजियाबादको एमजिएम अस्पतालमा क्वारेन्टाइनमा राखिएका १३ जनाविरुद्ध त्यहाँका नर्सहरुले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । 

उनीहरुले लगाएको आरोपमध्ये क्वारेन्टाइनमा रहेका ती व्यक्तिहरु निवस्त्र घुमिरहेको भन्ने पनि छ । अस्पतालले प्रहरीलाई यसबारे सूचना दिइसकेको भारतबाट प्रकाशित हिन्दूस्तान टाइम्सले समाचार बनाएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया