विश्व बैंकले भारतलाई १ अर्ब डलर सहयोग गर्ने, नेपाल सहयाेगकाे सूचीमा परेन

एजेन्सी– विश्वमा तीव्र गतिमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट छिटो छुटकारा पाउन विश्व बैंकले विकासोन्मुख देशहरुलाई तत्काल सहयोग गर्ने घोषणा गरेको छ । 

बैंकका कार्यकारी निर्देशकले यस सम्बन्धी एउटा प्रस्तावमा सहमति जुटेको बताएका छन् । 

पहिलो चरणमा विश्व बैंकले २५ देशलाई विशेष आपतकालीन मद्दत दिन लागेको हो । अब विश्व बैंकले ४० देशलाई सहयोग गर्ने भएको छ । 

पहिलो चरणमा अफ्रिका, पूर्वी एशिया तथा प्यासेफिक, दक्षिण एशिया, युरोप तथा केन्द्रीय एशिया, मध्यपूर्व तथा उत्तरी अफ्रिकाका देशलाई विश्व बैंकले सहयोग गर्ने भएको छ ।

यीमध्ये पाकिस्तान, अफगानिस्तान र भारत पनि रहेका छन् । विश्व बैंकले यसपटक सहयोग गर्ने सूचीमा नेपाल परेको छैन । 

विश्व बैंकले जारी गरेको सूचनाअनुसार उसले भारतलाई १ अर्ब डलर आपतकालीन मद्दत दिने भएको हो । 



यो सहयोग कोरोना भाइरसको जाँच, कन्ट्याक्ट ट्र्याकिङ, प्रयोगशालाको विकास र जाँच तथा जरुरी मेडिकल उपकरण खरिद गर्न सहयोगी हुने विश्व बैंकले विश्वास गरेको छ । यसका साथै यही सहयोगबाट आइसोलेसन सेन्टर पनि बनाउन विश्व बैंकले भनेको छ । 

विश्व बैंकले पाकिस्तानलाई यही चरणमा २० करोड डलर सहयोग गर्दै छ ।



  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ३:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया